HOME

HOME
For God so loved the world that he gave one and only son, that whoever believes in him shall not perish but have eternal life.

Friday, August 24, 2012

अमेरिकी कम्प्युटर निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । न्यूयोर्कको डाउ जोन्स सूचकांकमा एक कम्पनीका रुपमा एप्पलको मूल्य ६ सय २० अर्ब डलरभन्दा बढी मूल्यांकन गरिएको छ ।
आइफोन, आइप्याड र म्याक कम्प्युटर उत्पादन गर्ने एप्पलको शेयर मूल्यमा आएको बृद्धि पनि एक कारण रहेको बताइएको छ । आईफोन ५ र आइप्याडको नयाँ मोडलले एप्पलको उत्पादनमा उपभोक्ताको विश्वास बढाएको र यसले नै कम्पनीलाई उचाईमा पुर्‍याएको विश्लेषकहरु बताउँछन् ।
एप्पल अब ‘एप्पल टिभी सेट’ बनाउने योजनामा रहेको चर्चा छ । यद्यपि एप्पलले कहिल्यै पनि आफ्ना आगामी उत्पादनबारे केही बताउने गरेको छैन् ।
अनुमानभन्दा कम मुनाफा
एप्पलले तेस्रो त्रैमासिकमा ८ अर्ब ८० करोड मुनाफा हात पारेको छ । जुनमा सकिएको त्रैमासिकमा भएको यो मुनाफा गत वर्षको यसै अवधिको भन्दा २१ प्रतिशतले बढी हो ।
तर, कम्पनीको पूर्वाअनुमान भन्दा कम भएको अधिकारीहरुले बताएका छन् । उक्त अवधिमा ३५ अर्ब डलरका एप्पलका उत्पादन विक्रि भएको बताइएको छ, जुन २०११ को भन्दा साढे २८ करोड डलर बढी हो । पछिल्लो २ वर्षमा एप्पलको विकास दर भने मन्द नै रहेको बताइएको छ ।-एजेन्सीको सहयोगमा

Tuesday, August 21, 2012

ह्याकरका लागि फेसबुकको कार्यक्रम

सोसल नेटवर्किङ साइट फेसबुकले सफ्टवेयरको दुनियामा नयाँ कार्यक्रमको घोषणा गर्दैछ । वल्र्ड ह्याक २०१२ दिइएको उक्त कार्यक्रम विश्वका विभिन्न सहरहरुमा आयोजना गरिनेछ । यो कार्यक्रममा प्रविधिसँग सम्बन्धित विभिन्न मानिसहरु एक ठाउँमा जम्मा हुनेछन् र फेसबुकका लागि नयाँ एप्स बनाउनेछन् । यसरी उक्त कार्यक्रममा सहभागी हुनेहरुमा सफ्टवेयर इन्जिनियर, कोडिङ गर्ने मान्छे तथा ह्याकर लगायतका हुनेछन् ।
यो कार्यक्रममा सहभागिहरुले आफुले पहिले तयार पारेका एप्लिकेसनहरु समेत देखाउनेछन् र यदि फेसबुकलाई ती एप्स चित्त बुझेमा खरीद गर्नेछ ।
विभिन्न १२ सहरमा कार्यक्रम आयोजना गर्न लागिएको फेसबुकका डेभलपर जेम्स पियर्सले बताएका छन् ।
वास्तवमा यस्तो वल्र्ड ह्याक कार्यक्रमको अवधारणा फेसबुकका मालिक मार्क जुकरबर्गको जिवनीमा आधारित फिल्म सोशल नेटवर्कबाट लिइएको हो । त्यसमा जुकरबर्ग एक कोठामा सफ्टवेयर इन्जिनियरसँग बजेर सफ्टवेयर तयार पार्ने बाजी ठोकेका हुन्छन् ।
त्यसैले यो कार्यक्रममा पनि सफ्टवेयरसँग सम्बन्धित मानिसहरु एक दिनभरी मज्जाले मन्थन गर्नेछन्, सफ्टवेयरको दुनियामा आएका चुनौतिको सामना गर्ने तरिका सिक्नुको साथै नयाँ एप्लिकेसनको विकाश गर्ने प्रयास गर्नेछन् जसमध्ये उत्कृष्ट सिर्जनालाई फेसबुकले प्रयोग गर्नेछ ।
स्मरण रहोस् यस्तो कार्यक्रम भारतको बैंगलोरमा आउँदो सेप्टेम्बर १७ मा आयोजना हुनेछ ।

गुगलले सवा २ करोड डलर जरिवाना तिर्ने

काठमाण्डौं, इन्टरनेट कम्पनी गुगलले सेवाग्राहीको गोपनियता उल्लंघन गरेकोमा सवा २ करोड डलर जरिवाना तिर्ने भएको छ । यो अमेरिकी फेडरल ट्रेड कमिसनको इतिहासमा गरिएको सबैभन्दा ठूलो जरिवाना हो ।
गुगलले सफारी वेभ ब्राउजर प्रयोगकर्ताहरुलसँग गरेको प्रतिवद्धता उल्लघन गरेको बीबीसीले जनाएको छ । क्यालिफोनिया विश्व विद्यालयका केही शोधकर्ताहरुले गुगुलले विना अनुमति एपलको सफारी ब्राउजर प्रयोगकर्ताहरुको इन्टरनेट गतिविधिमा निगरानी गरेको भन्दै उजुरी दिएका थिए ।
नयाँ ग्याजेट खरीद गर्ने तयारीमा हुनुहुन्छ । यदि तत्कालै नयाँ मोबाइल फोन, ट्याब्लेट वा कम्प्यूटर किन्ने विचार गर्नुभएको छ भने केही समय पर्खिनु निकै फाइदाजनक हुनेछ । किनकी अबका केही हप्ताभित्रैमा बजारमा यस्ता ग्याजेटहरु आउनेवाला छन् जसले तपाइँले अहिले खरीद गरेका वा प्रयोग गरिरहेका ग्याजेटहरुलाई एक प्रकारले आउटडेटेट सावित गरिदिनेछन् । आखिर के के नयाँ ग्याजेट आउँदैछन् त ?
१. आइफोन-५ : एप्पल कम्पनीको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन आउँदो सेप्टेम्बर ५ देखि १२ तारेखको बीचमा सार्वजनिक हुने अनुमान गरिएको छ । एप्पलले यसको बारेमा कुनैपनि आधिकारिक सूचना नदिएको भएपनि निकटस्थ श्रोतहरुको हवाला दिँदै विभिन्न एजेन्सीहरुले सेप्टेम्बर १२ मै आइफोन ५ रिलिज हुने ठोकुवा गरेका छन् ।
के के हुनेछन् आइफोन ५ का फिचर्स ?
वास्तवमा यो नयाँ आइफोन यसको अघिल्लो पुस्ता अर्थात् आइफोन ४ एस भन्दा खासै ठूलो चमत्कारिक फिचर्स सहितको हुनेछैन । तर आइफोन ५ ले पक्कैपनि केही नयाँ विशेषता भने लिएरै आउनेछ । पहिलोपटक आइफोनमा सबैभन्दा ठूलो स्क्रिन राखन  लागेको एप्पलले आफ्नो नयाँ संस्करणको आइफोनमा झण्डै ४ इन्चको स्क्रिन   पेश गर्दैछ ।
आइफोन ५ को अर्को महत्वपूर्ण विशेषता भनेको इनबिल्ट यु ट्युब एप्लिकेसन हो । आइओएस ६ अपरेटिङ सिस्टम रहने यसमा यु ट्युबको ब्राउजर नै देख्न सकिनेछ अर्थात् यु ट्युबले पनि आफ्नै एप्लिकेसन ल्याउन सक्नेछ । नयाँ आइफोनको स्क्रिनमा एप्लिकेसन आइकनका लागि एक अतिरिक्त लाइन पनि हुनेछ । क्यामरा पहिलेको भन्दा राम्रो तथा मोबाइल सेट स्लिम हुने अपेक्षा गरिएको छ । डेटा ट्रान्सफरका लागि ब्लूटुथ भन्दापनि एडभान्स नियर फिल्ड कम्यूनिकेशन अर्थात् एनएफसीको फिचर्स पनि रहनेछ ।
२. ग्यालेक्सी नोटको नयाँ मोडल :  सार्वजनिक हुने तिथि अगष्ट २९
सामसुङको ग्यालेक्सी नोटको लोकपि्रयतासँगै ग्याजेटको दुनियामा एक नयाँ ठिमाहा जाति स्थापित हुन पुग्यो । ट्याब्लेटभन्दा केही सानो र मोबाइल फोन भन्दा केही ठूलो ग्याजेट, अर्थात् फ्याब्लेट । पाँच इन्च स्त्रिmन साइजको यो ग्याजेटलाई यसको उत्कृष्ट फिचर्स तथा ह्याण्डसेट क्वालिटीका कारण धेरैले मन पराए । त्यसैले सामसुङले यो सफलतालाई आत्मसात गर्दै ग्यालेक्सी नोटको दोश्रो संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । आउँदो अगष्ट २९ मा जर्मनीको बर्लिनमा हुने एक समारोहमा ग्यालेक्सी नोट-२ सार्वजनिक गरिने बताइएको छ । स्मार्टफोनको दुनियामा एप्पललाई कडा चुनौति दिइरहेको सामसुङले आगामी उत्पादनले एप्पलको बजार खुम्चाउने विश्लेषण गरिएको छ । ग्यालेक्सी नोट-२ मा एन्ड्रोइड ४ अपरेटिङ सिस्टम रहनुका साथै यसमा साढे ५ इन्चको स्त्रिmन हुनेछ ।
३. विन्डोस ८ ट्याब्लेट तथा पिसी
माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज ८ बजारमा आएसँगै यो अपरेटिङ सिस्टमका लागि कामयाबी हुने ट्याब्लेट तथा पिसीहरु बजारमा ल्याउने क्रम सुरु हुनेछ । विन्डोज ८ आउँदो अक्टोबर २६ मा सार्वजनिक हुने बताइएको छ । यसमध्ये लेनोभोले १०.१ इन्चको ट्याब्लेट २ बजारमा ल्याउने समाचार छ, जसको वजन ६ सय ग्राम हुनेछ भने मोटाइ ९.८ एमएम हुनेछ जुन इन्टेल एटम प्रोसेसर बाट चल्नेछ । लेनोभो मात्र नभएर अरु सबैजसो कम्प्युटर उत्पादक कम्पनीले पनि नयाँ विन्डोस अपरेटिङ सिस्टममा कामयावी हुने ट्याब्लेट उत्पादनको तयारी गरेका छन् ।
४. नोकिया विन्डोज ८ फोन
आउँदो ५ सेप्टेम्बरमा नोकिया कम्पनीले आफ्नो वाषिर्क समारोहको रुपमा रहेको नोकिया वल्र्ड आयोजना गर्दैछ । सोही समारोहमा नोकियाले विन्डोज ८ सार्वजनिक गर्ने अनुमान गरिएको छ । लुमिया सिरिजको साथमा यसलाई रिलिज गरिनेछ । यद्यपि यसको बिक्रि तथा व्यापारिक उत्पादन भने अक्टोबर पछि मात्र हुनेछ ।
नेपाली भाषामा बाइबल छाप्ने पहिलो व्यक्ति : विलियम केरी

विलियम केरी ई.सं. १७६१ अगष्ट १७ मा बेलायतमा जन्मेका थिए । उनी व्यावसायिक रुपमा जुत्ता सिउने गर्दथे । तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढ्दथे । आफ्नो काममा व्यस्त रहँदा पनि उनी बेलायतदेखि बाहिरका मानिसहरु अर्थात् युरोपदेखि बाहिरका मानिसहरुबारे सोच्दथे । उनको मनमा एउटा प्रस्न  आउँदथ्यो के बेलायत बाहिरका मानिसहरु बाँचेका छन् त  ई.सं.१७८५ मा व्याप्टिस्ट सेवकहरुको एउटा सम्मेलनमा उनले नबाँचेका मानिसहरुलाई बचाउन केही कदम उठाउन जरुरी छ  भनेर एउटा प्रस्ताव पेश गरे । तर उनको प्रस्तावको सोझै खण्डन गर्दै उनका वरिष्ठ पास्टर जोन रेल्याण्डले भने बस जवान मानिस जब परमेश्वरले  ती नबाँचेकाहरुलाई बचाउन चाहनुहुन्छ उहाँले म र तिमीविना नै सो गर्नुहुनेछ ।यसको प्रत्युत्तरमा उनले केही भन्न सकेनन् ।

तर उनलाई  आफ्नो प्रस्तावको सन्तोषजनक जवाफ नपाएकोमा मानसिक सन्तुष्टी मिलेन । त्यसैले ई.सं. १७९२ मा एउटा लेखद्वारा उनले यसको पुग्दो जवाफ दिए । "An Inquiry into the obligations of Christians to use means for the Conversion of the Health ens." को लेखमा पाँच वटा बुँदामा उनले पाष्टर जोन रेल्याण्डको विचारमाथी आफ्नो जवाफ लेखे । पहिलो बुँदामा उन्ले हाम्रा प्रभु येशूले उहाँको राज्य आओस् र उहाँको इच्छा यस धर्तीमा पूरा होस् भनी प्रार्थना गरू भन्नुभयो । तर यो प्रार्थनामा मात्र सीमित राख्ने हो वा आफ्नो कर्तव्य सम्झी कदम पनि चाल्ने हो यो महान् आज्ञा पहिलो शताब्दीमा त पूरा भएको थियो । तर के मिसनरी जोस प्रेरितहरुसँगै बिलाएर गयो भन्ने बिचार व्यक्त गरेकाछन् । दोश्रो बुँदामा उनले मिसनरी युग प्रेरितहरुसँग बिलाएर गएन बरु सन्त पावलदेखि लिएर अठारौं शताब्दीसम्म मिसनको काम कसरी भयो सो उल्लेख गरे । सुसमाचार युरोपभरि फैलिएको क्याथोलिक जेसुईट्सहरुले एसियामा गरेका काम जीम एलियटले दक्षिण अमेरिकामा गरेका काम लगायत जोन वेस्लीले वेस्ट इन्डिजमा गरेका कामबारे यस्मा व्याख्या गरेका थिए । तेश्रो बुँदामा उनले संसारको जनसंख्याको सर्वेक्षण गरेका छन् । यसमा विलियम केरीले युरोप बाहिरका प्रायः जसो मानिस अख्रीष्टियन (Pagans) देखे ।

उनकॊ आँकडाअनुसार त्यतिखेर ४२ करोड अख्रिस्टीयनहरू   १३ करोड मुसलमानहरु १० करोड क्याथोलिकहरु र ४ करोड प्रोटेस्टेन्टहरु ३ करोड अर्थोडक्स्हरु ७० लाख यहूदीहरु थिए । उनले यसलाई ठूलो चुनौतीको रुपमा लिए । त्यस्तैगरी चौथो अध्यायमा यी मानिसहरुलाई सुसमाचार सुनाउँदा हुन सक्ने पाँच प्रकारका खतराहरु दुरी भाषा असभ्यता मारिने डर साधन र श्रोतको अभाव बारे उल्लेख गर्दै उनले लेखे तर सेवकहरु परमेश्वरका दास भएकाले उनीहरुले आफ्नो कर्तव्य पुरा गर्नका लागि नाइँ भन्न मिल्दैन । त्यसपछी पाँचौ बुँदामा उनले केही व्यवहारिक सुझाव र सल्लाहहरु दिएका छन् ।

यसपछि यशैया ५४२-४ बाट उनले आफ्नो विश्वप्रसिद्ध प्रवचन वाचन गरे परमेश्वरबाट महान् कुराको आशा गर  परमेश्वरका निम्ति महान् काम गर । भारतमा काम गर्नका लागि उनी केही साथीहरु सहित सपरिवार उनी ई।सं। १७९३ मा कलकत्ता हाल कोलकोता आइपुगे । व्याप्टिस्ट मिसनरी सोसाइटी अन्तर्गत रहने गरी उनीहरु यहाँ आएका थिए ।  आफ्नो समुद्र-यात्रा क्रममा नै बङ्गाली भाषा सिकेका विलियम केरीले धेरै भाषाहरुमा स्नातकोत्तर डिग्री गरे । हिन्दी, संस्कृत, मराठी, बङ्गाली भाषामा स्नातकोत्तर गरेका बहुमुखी प्रतिभाका धनी केरीले यी भाषाहरुमा झन्डै ३० वर्ष जति त उनले भारतमा प्राध्यापनसमेत गरे । आफूले कमाएको पैसाबाट उनले सुसमाचारका पर्चाहरु छापे । उनको आफ्नै छापाखाना भएकाले झन्डै ४० वटा भाषामा असङ्ख्य बाइबल एवं पुस्तक-पुस्तिका र पर्चाहरु छापे । अझ ई।सं। १८२१ मा उनले नेपालीमा समेत नयाँ करार बाइबल छापे जो नेपाली भाषाको प्रथम पुस्तक मानिन्छ ।


भारतवर्षबाट सती प्रथा हटाउन केरीले ठूलो योगदान पुर् याए । सेराम्पुरमा एउटा मिसन पनि खोले र सेराम्पुर कलेज ई।सं। १८१८ मा स्थापना भयो जस अन्तर्गत अहिले झन्डै ४५ वटा कलेजहरु वा सेमिनरीहरु आबद्ध रहेका छन् । त्यसबाहेक उनले अनाथालय र अस्पतालहरु समेत निर्माण गरे । विलियम केरीले एकपल्ट पनि आफ्नो देश नफर्की ४१ वर्षसम्म अनवरत रुपमा भारतमा बसेर काम गरे । आधुनिक मिसनका पिता Father of Modern Mission _ पदवी पाएका विलियम केरी ई.सं. १८३४ जुन ९ मा प्रभुमा सुत्नु भयो ।

Sunday, June 10, 2012

होसन्ना बप्तिस मण्डलीका युवा  परिवार पा.महेन्द्रजंग साम्पांग को साथमा ( 2008 )