नयाँ ग्याजेट खरीद गर्ने तयारीमा
हुनुहुन्छ । यदि तत्कालै नयाँ मोबाइल फोन, ट्याब्लेट वा कम्प्यूटर किन्ने
विचार गर्नुभएको छ भने केही समय पर्खिनु निकै फाइदाजनक हुनेछ । किनकी अबका
केही हप्ताभित्रैमा बजारमा यस्ता ग्याजेटहरु आउनेवाला छन् जसले तपाइँले
अहिले खरीद गरेका वा प्रयोग गरिरहेका ग्याजेटहरुलाई एक प्रकारले आउटडेटेट
सावित गरिदिनेछन् । आखिर के के नयाँ ग्याजेट आउँदैछन् त ?
१. आइफोन-५ : एप्पल
कम्पनीको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन आउँदो सेप्टेम्बर ५ देखि १२
तारेखको बीचमा सार्वजनिक हुने अनुमान गरिएको छ । एप्पलले यसको बारेमा
कुनैपनि आधिकारिक सूचना नदिएको भएपनि निकटस्थ श्रोतहरुको हवाला दिँदै
विभिन्न एजेन्सीहरुले सेप्टेम्बर १२ मै आइफोन ५ रिलिज हुने ठोकुवा गरेका
छन् ।
के के हुनेछन् आइफोन ५ का फिचर्स ?
वास्तवमा यो नयाँ आइफोन यसको अघिल्लो
पुस्ता अर्थात् आइफोन ४ एस भन्दा खासै ठूलो चमत्कारिक फिचर्स सहितको
हुनेछैन । तर आइफोन ५ ले पक्कैपनि केही नयाँ विशेषता भने लिएरै आउनेछ ।
पहिलोपटक आइफोनमा सबैभन्दा ठूलो स्क्रिन राखन लागेको एप्पलले आफ्नो नयाँ
संस्करणको आइफोनमा झण्डै ४ इन्चको स्क्रिन पेश गर्दैछ ।
आइफोन ५ को अर्को महत्वपूर्ण विशेषता
भनेको इनबिल्ट यु ट्युब एप्लिकेसन हो । आइओएस ६ अपरेटिङ सिस्टम रहने यसमा
यु ट्युबको ब्राउजर नै देख्न सकिनेछ अर्थात् यु ट्युबले पनि आफ्नै
एप्लिकेसन ल्याउन सक्नेछ । नयाँ आइफोनको स्क्रिनमा एप्लिकेसन आइकनका लागि
एक अतिरिक्त लाइन पनि हुनेछ । क्यामरा पहिलेको भन्दा राम्रो तथा मोबाइल सेट
स्लिम हुने अपेक्षा गरिएको छ । डेटा ट्रान्सफरका लागि ब्लूटुथ भन्दापनि
एडभान्स नियर फिल्ड कम्यूनिकेशन अर्थात् एनएफसीको फिचर्स पनि रहनेछ ।
२. ग्यालेक्सी नोटको नयाँ मोडल : सार्वजनिक हुने तिथि अगष्ट २९
सामसुङको ग्यालेक्सी नोटको लोकपि्रयतासँगै
ग्याजेटको दुनियामा एक नयाँ ठिमाहा जाति स्थापित हुन पुग्यो ।
ट्याब्लेटभन्दा केही सानो र मोबाइल फोन भन्दा केही ठूलो ग्याजेट, अर्थात्
फ्याब्लेट । पाँच इन्च स्त्रिmन साइजको यो ग्याजेटलाई यसको उत्कृष्ट फिचर्स
तथा ह्याण्डसेट क्वालिटीका कारण धेरैले मन पराए । त्यसैले सामसुङले यो
सफलतालाई आत्मसात गर्दै ग्यालेक्सी नोटको दोश्रो संस्करण सार्वजनिक गर्ने
तयारी गरेको छ । आउँदो अगष्ट २९ मा जर्मनीको बर्लिनमा हुने एक समारोहमा
ग्यालेक्सी नोट-२ सार्वजनिक गरिने बताइएको छ । स्मार्टफोनको दुनियामा
एप्पललाई कडा चुनौति दिइरहेको सामसुङले आगामी उत्पादनले एप्पलको बजार
खुम्चाउने विश्लेषण गरिएको छ । ग्यालेक्सी नोट-२ मा एन्ड्रोइड ४ अपरेटिङ
सिस्टम रहनुका साथै यसमा साढे ५ इन्चको स्त्रिmन हुनेछ ।
३. विन्डोस ८ ट्याब्लेट तथा पिसी
माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम
विन्डोज ८ बजारमा आएसँगै यो अपरेटिङ सिस्टमका लागि कामयाबी हुने ट्याब्लेट
तथा पिसीहरु बजारमा ल्याउने क्रम सुरु हुनेछ । विन्डोज ८ आउँदो अक्टोबर २६
मा सार्वजनिक हुने बताइएको छ । यसमध्ये लेनोभोले १०.१ इन्चको ट्याब्लेट २
बजारमा ल्याउने समाचार छ, जसको वजन ६ सय ग्राम हुनेछ भने मोटाइ ९.८ एमएम
हुनेछ जुन इन्टेल एटम प्रोसेसर बाट चल्नेछ । लेनोभो मात्र नभएर अरु सबैजसो
कम्प्युटर उत्पादक कम्पनीले पनि नयाँ विन्डोस अपरेटिङ सिस्टममा कामयावी
हुने ट्याब्लेट उत्पादनको तयारी गरेका छन् ।
४. नोकिया विन्डोज ८ फोन
आउँदो ५ सेप्टेम्बरमा नोकिया कम्पनीले
आफ्नो वाषिर्क समारोहको रुपमा रहेको नोकिया वल्र्ड आयोजना गर्दैछ । सोही
समारोहमा नोकियाले विन्डोज ८ सार्वजनिक गर्ने अनुमान गरिएको छ । लुमिया
सिरिजको साथमा यसलाई रिलिज गरिनेछ । यद्यपि यसको बिक्रि तथा व्यापारिक
उत्पादन भने अक्टोबर पछि मात्र हुनेछ ।