HOME

HOME
For God so loved the world that he gave one and only son, that whoever believes in him shall not perish but have eternal life.

Tuesday, August 21, 2012

नेपाली भाषामा बाइबल छाप्ने पहिलो व्यक्ति : विलियम केरी

विलियम केरी ई.सं. १७६१ अगष्ट १७ मा बेलायतमा जन्मेका थिए । उनी व्यावसायिक रुपमा जुत्ता सिउने गर्दथे । तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढ्दथे । आफ्नो काममा व्यस्त रहँदा पनि उनी बेलायतदेखि बाहिरका मानिसहरु अर्थात् युरोपदेखि बाहिरका मानिसहरुबारे सोच्दथे । उनको मनमा एउटा प्रस्न  आउँदथ्यो के बेलायत बाहिरका मानिसहरु बाँचेका छन् त  ई.सं.१७८५ मा व्याप्टिस्ट सेवकहरुको एउटा सम्मेलनमा उनले नबाँचेका मानिसहरुलाई बचाउन केही कदम उठाउन जरुरी छ  भनेर एउटा प्रस्ताव पेश गरे । तर उनको प्रस्तावको सोझै खण्डन गर्दै उनका वरिष्ठ पास्टर जोन रेल्याण्डले भने बस जवान मानिस जब परमेश्वरले  ती नबाँचेकाहरुलाई बचाउन चाहनुहुन्छ उहाँले म र तिमीविना नै सो गर्नुहुनेछ ।यसको प्रत्युत्तरमा उनले केही भन्न सकेनन् ।

तर उनलाई  आफ्नो प्रस्तावको सन्तोषजनक जवाफ नपाएकोमा मानसिक सन्तुष्टी मिलेन । त्यसैले ई.सं. १७९२ मा एउटा लेखद्वारा उनले यसको पुग्दो जवाफ दिए । "An Inquiry into the obligations of Christians to use means for the Conversion of the Health ens." को लेखमा पाँच वटा बुँदामा उनले पाष्टर जोन रेल्याण्डको विचारमाथी आफ्नो जवाफ लेखे । पहिलो बुँदामा उन्ले हाम्रा प्रभु येशूले उहाँको राज्य आओस् र उहाँको इच्छा यस धर्तीमा पूरा होस् भनी प्रार्थना गरू भन्नुभयो । तर यो प्रार्थनामा मात्र सीमित राख्ने हो वा आफ्नो कर्तव्य सम्झी कदम पनि चाल्ने हो यो महान् आज्ञा पहिलो शताब्दीमा त पूरा भएको थियो । तर के मिसनरी जोस प्रेरितहरुसँगै बिलाएर गयो भन्ने बिचार व्यक्त गरेकाछन् । दोश्रो बुँदामा उनले मिसनरी युग प्रेरितहरुसँग बिलाएर गएन बरु सन्त पावलदेखि लिएर अठारौं शताब्दीसम्म मिसनको काम कसरी भयो सो उल्लेख गरे । सुसमाचार युरोपभरि फैलिएको क्याथोलिक जेसुईट्सहरुले एसियामा गरेका काम जीम एलियटले दक्षिण अमेरिकामा गरेका काम लगायत जोन वेस्लीले वेस्ट इन्डिजमा गरेका कामबारे यस्मा व्याख्या गरेका थिए । तेश्रो बुँदामा उनले संसारको जनसंख्याको सर्वेक्षण गरेका छन् । यसमा विलियम केरीले युरोप बाहिरका प्रायः जसो मानिस अख्रीष्टियन (Pagans) देखे ।

उनकॊ आँकडाअनुसार त्यतिखेर ४२ करोड अख्रिस्टीयनहरू   १३ करोड मुसलमानहरु १० करोड क्याथोलिकहरु र ४ करोड प्रोटेस्टेन्टहरु ३ करोड अर्थोडक्स्हरु ७० लाख यहूदीहरु थिए । उनले यसलाई ठूलो चुनौतीको रुपमा लिए । त्यस्तैगरी चौथो अध्यायमा यी मानिसहरुलाई सुसमाचार सुनाउँदा हुन सक्ने पाँच प्रकारका खतराहरु दुरी भाषा असभ्यता मारिने डर साधन र श्रोतको अभाव बारे उल्लेख गर्दै उनले लेखे तर सेवकहरु परमेश्वरका दास भएकाले उनीहरुले आफ्नो कर्तव्य पुरा गर्नका लागि नाइँ भन्न मिल्दैन । त्यसपछी पाँचौ बुँदामा उनले केही व्यवहारिक सुझाव र सल्लाहहरु दिएका छन् ।

यसपछि यशैया ५४२-४ बाट उनले आफ्नो विश्वप्रसिद्ध प्रवचन वाचन गरे परमेश्वरबाट महान् कुराको आशा गर  परमेश्वरका निम्ति महान् काम गर । भारतमा काम गर्नका लागि उनी केही साथीहरु सहित सपरिवार उनी ई।सं। १७९३ मा कलकत्ता हाल कोलकोता आइपुगे । व्याप्टिस्ट मिसनरी सोसाइटी अन्तर्गत रहने गरी उनीहरु यहाँ आएका थिए ।  आफ्नो समुद्र-यात्रा क्रममा नै बङ्गाली भाषा सिकेका विलियम केरीले धेरै भाषाहरुमा स्नातकोत्तर डिग्री गरे । हिन्दी, संस्कृत, मराठी, बङ्गाली भाषामा स्नातकोत्तर गरेका बहुमुखी प्रतिभाका धनी केरीले यी भाषाहरुमा झन्डै ३० वर्ष जति त उनले भारतमा प्राध्यापनसमेत गरे । आफूले कमाएको पैसाबाट उनले सुसमाचारका पर्चाहरु छापे । उनको आफ्नै छापाखाना भएकाले झन्डै ४० वटा भाषामा असङ्ख्य बाइबल एवं पुस्तक-पुस्तिका र पर्चाहरु छापे । अझ ई।सं। १८२१ मा उनले नेपालीमा समेत नयाँ करार बाइबल छापे जो नेपाली भाषाको प्रथम पुस्तक मानिन्छ ।


भारतवर्षबाट सती प्रथा हटाउन केरीले ठूलो योगदान पुर् याए । सेराम्पुरमा एउटा मिसन पनि खोले र सेराम्पुर कलेज ई।सं। १८१८ मा स्थापना भयो जस अन्तर्गत अहिले झन्डै ४५ वटा कलेजहरु वा सेमिनरीहरु आबद्ध रहेका छन् । त्यसबाहेक उनले अनाथालय र अस्पतालहरु समेत निर्माण गरे । विलियम केरीले एकपल्ट पनि आफ्नो देश नफर्की ४१ वर्षसम्म अनवरत रुपमा भारतमा बसेर काम गरे । आधुनिक मिसनका पिता Father of Modern Mission _ पदवी पाएका विलियम केरी ई.सं. १८३४ जुन ९ मा प्रभुमा सुत्नु भयो ।

No comments:

Post a Comment