नेपाली भाषामा बाइबल छाप्ने पहिलो व्यक्ति : विलियम केरी
विलियम केरी ई.सं. १७६१ अगष्ट १७ मा बेलायतमा जन्मेका थिए । उनी व्यावसायिक रुपमा जुत्ता सिउने गर्दथे । तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढ्दथे । आफ्नो काममा व्यस्त रहँदा पनि उनी बेलायतदेखि बाहिरका मानिसहरु अर्थात् युरोपदेखि बाहिरका मानिसहरुबारे सोच्दथे । उनको मनमा एउटा प्रस्न आउँदथ्यो के बेलायत बाहिरका मानिसहरु बाँचेका छन् त ई.सं.१७८५ मा व्याप्टिस्ट सेवकहरुको एउटा सम्मेलनमा उनले नबाँचेका मानिसहरुलाई बचाउन केही कदम उठाउन जरुरी छ भनेर एउटा प्रस्ताव पेश गरे । तर उनको प्रस्तावको सोझै खण्डन गर्दै उनका वरिष्ठ पास्टर जोन रेल्याण्डले भने बस जवान मानिस जब परमेश्वरले ती नबाँचेकाहरुलाई बचाउन चाहनुहुन्छ उहाँले म र तिमीविना नै सो गर्नुहुनेछ ।यसको प्रत्युत्तरमा उनले केही भन्न सकेनन् ।
तर उनलाई आफ्नो प्रस्तावको सन्तोषजनक जवाफ नपाएकोमा मानसिक सन्तुष्टी मिलेन । त्यसैले ई.सं. १७९२ मा एउटा लेखद्वारा उनले यसको पुग्दो जवाफ दिए । "An Inquiry into the obligations of Christians to use means for the Conversion of the Health ens." को लेखमा पाँच वटा बुँदामा उनले पाष्टर जोन रेल्याण्डको विचारमाथी आफ्नो जवाफ लेखे । पहिलो बुँदामा उन्ले हाम्रा प्रभु येशूले उहाँको राज्य आओस् र उहाँको इच्छा यस धर्तीमा पूरा होस् भनी प्रार्थना गरू भन्नुभयो । तर यो प्रार्थनामा मात्र सीमित राख्ने हो वा आफ्नो कर्तव्य सम्झी कदम पनि चाल्ने हो यो महान् आज्ञा पहिलो शताब्दीमा त पूरा भएको थियो । तर के मिसनरी जोस प्रेरितहरुसँगै बिलाएर गयो भन्ने बिचार व्यक्त गरेकाछन् । दोश्रो बुँदामा उनले मिसनरी युग प्रेरितहरुसँग बिलाएर गएन बरु सन्त पावलदेखि लिएर अठारौं शताब्दीसम्म मिसनको काम कसरी भयो सो उल्लेख गरे । सुसमाचार युरोपभरि फैलिएको क्याथोलिक जेसुईट्सहरुले एसियामा गरेका काम जीम एलियटले दक्षिण अमेरिकामा गरेका काम लगायत जोन वेस्लीले वेस्ट इन्डिजमा गरेका कामबारे यस्मा व्याख्या गरेका थिए । तेश्रो बुँदामा उनले संसारको जनसंख्याको सर्वेक्षण गरेका छन् । यसमा विलियम केरीले युरोप बाहिरका प्रायः जसो मानिस अख्रीष्टियन (Pagans) देखे ।
उनकॊ आँकडाअनुसार त्यतिखेर ४२ करोड अख्रिस्टीयनहरू १३ करोड मुसलमानहरु १० करोड क्याथोलिकहरु र ४ करोड प्रोटेस्टेन्टहरु ३ करोड अर्थोडक्स्हरु ७० लाख यहूदीहरु थिए । उनले यसलाई ठूलो चुनौतीको रुपमा लिए । त्यस्तैगरी चौथो अध्यायमा यी मानिसहरुलाई सुसमाचार सुनाउँदा हुन सक्ने पाँच प्रकारका खतराहरु दुरी भाषा असभ्यता मारिने डर साधन र श्रोतको अभाव बारे उल्लेख गर्दै उनले लेखे तर सेवकहरु परमेश्वरका दास भएकाले उनीहरुले आफ्नो कर्तव्य पुरा गर्नका लागि नाइँ भन्न मिल्दैन । त्यसपछी पाँचौ बुँदामा उनले केही व्यवहारिक सुझाव र सल्लाहहरु दिएका छन् ।
यसपछि यशैया ५४२-४ बाट उनले आफ्नो विश्वप्रसिद्ध प्रवचन वाचन गरे परमेश्वरबाट महान् कुराको आशा गर परमेश्वरका निम्ति महान् काम गर । भारतमा काम गर्नका लागि उनी केही साथीहरु सहित सपरिवार उनी ई।सं। १७९३ मा कलकत्ता हाल कोलकोता आइपुगे । व्याप्टिस्ट मिसनरी सोसाइटी अन्तर्गत रहने गरी उनीहरु यहाँ आएका थिए । आफ्नो समुद्र-यात्रा क्रममा नै बङ्गाली भाषा सिकेका विलियम केरीले धेरै भाषाहरुमा स्नातकोत्तर डिग्री गरे । हिन्दी, संस्कृत, मराठी, बङ्गाली भाषामा स्नातकोत्तर गरेका बहुमुखी प्रतिभाका धनी केरीले यी भाषाहरुमा झन्डै ३० वर्ष जति त उनले भारतमा प्राध्यापनसमेत गरे । आफूले कमाएको पैसाबाट उनले सुसमाचारका पर्चाहरु छापे । उनको आफ्नै छापाखाना भएकाले झन्डै ४० वटा भाषामा असङ्ख्य बाइबल एवं पुस्तक-पुस्तिका र पर्चाहरु छापे । अझ ई।सं। १८२१ मा उनले नेपालीमा समेत नयाँ करार बाइबल छापे जो नेपाली भाषाको प्रथम पुस्तक मानिन्छ ।
भारतवर्षबाट सती प्रथा हटाउन केरीले ठूलो योगदान पुर् याए । सेराम्पुरमा एउटा मिसन पनि खोले र सेराम्पुर कलेज ई।सं। १८१८ मा स्थापना भयो जस अन्तर्गत अहिले झन्डै ४५ वटा कलेजहरु वा सेमिनरीहरु आबद्ध रहेका छन् । त्यसबाहेक उनले अनाथालय र अस्पतालहरु समेत निर्माण गरे । विलियम केरीले एकपल्ट पनि आफ्नो देश नफर्की ४१ वर्षसम्म अनवरत रुपमा भारतमा बसेर काम गरे । आधुनिक मिसनका पिता Father of Modern Mission _ पदवी पाएका विलियम केरी ई.सं. १८३४ जुन ९ मा प्रभुमा सुत्नु भयो ।

No comments:
Post a Comment