HOME

HOME
For God so loved the world that he gave one and only son, that whoever believes in him shall not perish but have eternal life.

Tuesday, August 21, 2012

नयाँ ग्याजेट खरीद गर्ने तयारीमा हुनुहुन्छ । यदि तत्कालै नयाँ मोबाइल फोन, ट्याब्लेट वा कम्प्यूटर किन्ने विचार गर्नुभएको छ भने केही समय पर्खिनु निकै फाइदाजनक हुनेछ । किनकी अबका केही हप्ताभित्रैमा बजारमा यस्ता ग्याजेटहरु आउनेवाला छन् जसले तपाइँले अहिले खरीद गरेका वा प्रयोग गरिरहेका ग्याजेटहरुलाई एक प्रकारले आउटडेटेट सावित गरिदिनेछन् । आखिर के के नयाँ ग्याजेट आउँदैछन् त ?
१. आइफोन-५ : एप्पल कम्पनीको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन आउँदो सेप्टेम्बर ५ देखि १२ तारेखको बीचमा सार्वजनिक हुने अनुमान गरिएको छ । एप्पलले यसको बारेमा कुनैपनि आधिकारिक सूचना नदिएको भएपनि निकटस्थ श्रोतहरुको हवाला दिँदै विभिन्न एजेन्सीहरुले सेप्टेम्बर १२ मै आइफोन ५ रिलिज हुने ठोकुवा गरेका छन् ।
के के हुनेछन् आइफोन ५ का फिचर्स ?
वास्तवमा यो नयाँ आइफोन यसको अघिल्लो पुस्ता अर्थात् आइफोन ४ एस भन्दा खासै ठूलो चमत्कारिक फिचर्स सहितको हुनेछैन । तर आइफोन ५ ले पक्कैपनि केही नयाँ विशेषता भने लिएरै आउनेछ । पहिलोपटक आइफोनमा सबैभन्दा ठूलो स्क्रिन राखन  लागेको एप्पलले आफ्नो नयाँ संस्करणको आइफोनमा झण्डै ४ इन्चको स्क्रिन   पेश गर्दैछ ।
आइफोन ५ को अर्को महत्वपूर्ण विशेषता भनेको इनबिल्ट यु ट्युब एप्लिकेसन हो । आइओएस ६ अपरेटिङ सिस्टम रहने यसमा यु ट्युबको ब्राउजर नै देख्न सकिनेछ अर्थात् यु ट्युबले पनि आफ्नै एप्लिकेसन ल्याउन सक्नेछ । नयाँ आइफोनको स्क्रिनमा एप्लिकेसन आइकनका लागि एक अतिरिक्त लाइन पनि हुनेछ । क्यामरा पहिलेको भन्दा राम्रो तथा मोबाइल सेट स्लिम हुने अपेक्षा गरिएको छ । डेटा ट्रान्सफरका लागि ब्लूटुथ भन्दापनि एडभान्स नियर फिल्ड कम्यूनिकेशन अर्थात् एनएफसीको फिचर्स पनि रहनेछ ।
२. ग्यालेक्सी नोटको नयाँ मोडल :  सार्वजनिक हुने तिथि अगष्ट २९
सामसुङको ग्यालेक्सी नोटको लोकपि्रयतासँगै ग्याजेटको दुनियामा एक नयाँ ठिमाहा जाति स्थापित हुन पुग्यो । ट्याब्लेटभन्दा केही सानो र मोबाइल फोन भन्दा केही ठूलो ग्याजेट, अर्थात् फ्याब्लेट । पाँच इन्च स्त्रिmन साइजको यो ग्याजेटलाई यसको उत्कृष्ट फिचर्स तथा ह्याण्डसेट क्वालिटीका कारण धेरैले मन पराए । त्यसैले सामसुङले यो सफलतालाई आत्मसात गर्दै ग्यालेक्सी नोटको दोश्रो संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । आउँदो अगष्ट २९ मा जर्मनीको बर्लिनमा हुने एक समारोहमा ग्यालेक्सी नोट-२ सार्वजनिक गरिने बताइएको छ । स्मार्टफोनको दुनियामा एप्पललाई कडा चुनौति दिइरहेको सामसुङले आगामी उत्पादनले एप्पलको बजार खुम्चाउने विश्लेषण गरिएको छ । ग्यालेक्सी नोट-२ मा एन्ड्रोइड ४ अपरेटिङ सिस्टम रहनुका साथै यसमा साढे ५ इन्चको स्त्रिmन हुनेछ ।
३. विन्डोस ८ ट्याब्लेट तथा पिसी
माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज ८ बजारमा आएसँगै यो अपरेटिङ सिस्टमका लागि कामयाबी हुने ट्याब्लेट तथा पिसीहरु बजारमा ल्याउने क्रम सुरु हुनेछ । विन्डोज ८ आउँदो अक्टोबर २६ मा सार्वजनिक हुने बताइएको छ । यसमध्ये लेनोभोले १०.१ इन्चको ट्याब्लेट २ बजारमा ल्याउने समाचार छ, जसको वजन ६ सय ग्राम हुनेछ भने मोटाइ ९.८ एमएम हुनेछ जुन इन्टेल एटम प्रोसेसर बाट चल्नेछ । लेनोभो मात्र नभएर अरु सबैजसो कम्प्युटर उत्पादक कम्पनीले पनि नयाँ विन्डोस अपरेटिङ सिस्टममा कामयावी हुने ट्याब्लेट उत्पादनको तयारी गरेका छन् ।
४. नोकिया विन्डोज ८ फोन
आउँदो ५ सेप्टेम्बरमा नोकिया कम्पनीले आफ्नो वाषिर्क समारोहको रुपमा रहेको नोकिया वल्र्ड आयोजना गर्दैछ । सोही समारोहमा नोकियाले विन्डोज ८ सार्वजनिक गर्ने अनुमान गरिएको छ । लुमिया सिरिजको साथमा यसलाई रिलिज गरिनेछ । यद्यपि यसको बिक्रि तथा व्यापारिक उत्पादन भने अक्टोबर पछि मात्र हुनेछ ।

No comments:

Post a Comment